aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

गुराँस लघुवित्तको लाभांश पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ मंसिर २०७६
गुराँस लघुवित्तको लाभांश पारित

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभाले  ८.०१ प्रतिशत लाभांश पारित गरेको छ ।  शनिबार सम्पन्न उक्त साधारण सभाले संचालक समितिको वार्षिक प्रतिवेदन, चुक्ता पूँजी ७ करोड ७५ लाखको ८.०१ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो । 

साथै, सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ओम प्रकाश प्रसाई र डा. प्रियंका कटवाललाई निर्विरोध संचालकमा निर्वाचित गरेको छ । हाल वित्तीय संस्थाले प्रदेश नं. १ अन्तर्गतका १० जिल्ला कार्यक्षेत्र रहेकोमा ४ जिल्ला थप गरी प्रदेश नं. १ का सम्पूर्ण जिल्लाहरुमा कार्यक्रम विस्तार गर्ने गरी प्रदेश स्तरीय संस्था रहने निर्णय गरेको छ । 

संस्थाले हाल २६ वटा शाखा कार्यालय मार्फत १२ हजार भन्दा बढी विपन्न वर्गका परिवारलाई ७० करोड भन्दा बढी कर्जा प्रवाह गरी रु.११ करोड भन्दा बढी बचत परिचालन गरेको छ । बोनस शेयर वितरण पश्चात वित्तीय संस्थाको चुक्ता पूँजी.८ करोड ३४ लाख पुगेको छ ।


 

प्रतिक्रिया दिनुहोस