aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

नेपाल बंगलादेश बैंकले मंसिर २६ गते बुक क्लोज गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ मंसिर २०७६
नेपाल बंगलादेश बैंकले मंसिर २६ गते बुक क्लोज गर्दै

 काठमाडौं । नेपाल बंगलादेश बैंकले पुस ७ गते २५औं साधारण सभा गर्ने भएको छ । बैंकले उक्त साधारण सभामा ५ प्रतिशत (४० करोड ४४ लाख १४ हजार रुपैयाँ) बराबरको बोनस शेयर र ७ प्रतिशत (५६ करोड ६१ लाख ८० हजार रुपैयाँ) बराबरको नगद लाभांश शेयर सदस्यलाई वितरण गर्ने प्रस्ताव लैजाँदै छ ।   साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर २६ गते बुक क्लोज गर्ने जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस