
काठमाडौं । सिभिल बैंकको नवौं वार्षिक साधारण सभा पुस ६ गते हुने भएको छ । साधारण सभामा शेयरधनीलाई ६ दशमलव ५७ प्रतिशत लाभांश वितरण गर्ने, अन्य उपयुक्त बैंक तथा वित्तिय संस्था एक आपसमा गाभ्ने गाभिन तथा मर्जरको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेलगायतका प्रस्ताव रहेका छन् । साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर २३ गतेदेखि साधारण सभा सम्पन्न नभएसम्म बन्द रहनेछ ।
प्रतिक्रिया दिनुहोस