aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

स्वाभिमान लघुवित्तको नाफा ३६ लाख ३६ हजार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ मंसिर २०७६
स्वाभिमान लघुवित्तको नाफा ३६ लाख ३६ हजार

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा स्वाभिमान लघुुवित्त वित्तीय संस्थाको नाफामा सामान्य गिरावट आएको छ । गत वर्ष यसै अवधिमा ३६ लाख ९५ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीले यस वर्ष भने ३६ लाख ३६ हजार रुपैयाँ खुद नाफा गरेको हो । 

सञ्चालन नाफा गत वर्षको तुलनामा ८ दशमलव ८९ प्रतिशत कम  ४० लाख ५७ हजार रुपैयाँ भएको छ । यस वर्ष कम्पनीले गत वर्षभन्दा ११२ प्रतिशत बढी  ३१ करोड ६२ लाख ७३ हजार रुपैयाँ संकलन भएको छ । कर्जा प्रवाहको अवस्था पनि गत वर्षभन्दा ६५ दशमलव ७८ प्रतिशत बढी  ८४ करोड १२ लाख ७० हजार छ । 

४७ प्रतिशत बढेर चुक्तापूँजी  ६ करोड १८ लाख ६१ हजार रुपैयाँ पुगेको कम्पनीको जगेडा कोष रकम ३ करोड ८४ लाख ८२ हजार रुपैयाँ कायम भएको छ । गत वर्षभन्दा ३८ गुणा बढी जगेडा कोष रकम बढेको हो । प्रतिशेयर आम्दानी २३ दशमलव ५१ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ  १६२ दशमलव २१ रुपैयाँ रहेको छ ।

हाल २१ वटा शाखा कार्यालय मार्फत सेवा प्रदान गरिरहेको यो संस्थाले यस वर्ष शेयरधनीहरुलाई २४ प्रतिशत बोनस शेयर र १ दशमलव २७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस