aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

स्वदेशी लघुवित्तको साधारणसभाले लाभांश पारित गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ मंसिर २०७६
स्वदेशी लघुवित्तको साधारणसभाले लाभांश पारित गर्दै

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७५/७६ को वार्षिक साधारण सभा सोमवार गर्दैछ । कम्पनीको यो पाँचौ साधारण सभा हो ।

बिहान ११ बजे सुनसरीमा शुरु हुने सभाले प्रस्तावित २० प्रतिशत बोनस शेयर र १३ दशमलव २५ प्रतिशत नगद लाभांश तथा बोनस शेयर कर प्रयोजनका लागि १ दशमलव ७५ प्रतिशत सहित १५ प्रतिशत नगद लाभांश पारित गर्नेछ । 

साथै, बोनस शेयर पश्चात कायम चुक्तापूँजीको आधारमा ४ बराबर १ को अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव समेत सभाका लागि तय भएको छ । योसँगै लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण, संस्थापक ३ सञ्चालकको निर्वाचन समेत सभाले गर्नेछ । 

पूँजी वृद्धिका लागि लघुवित्त कम्पनीहरुमा देखिएको मर्जरको नीतिलाई यस कम्पनीले पनि अघि बढाउँदै सभामार्फत अन्य कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्ने वा गाभ्ने गाभिने सम्बन्धी अख्तियारी सञ्चालक समितिलाई दिनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ६ गतेदेखि बुक क्लोज गरेकाले मंसिर ५ गतेसम्म कायम सदस्यहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस