aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

घरेलु लघुवित्तद्धारा क्षमता अभिवृद्धि तालिम सञ्चालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ मंसिर २०७६
घरेलु लघुवित्तद्धारा क्षमता अभिवृद्धि तालिम सञ्चालन

काठमाडौं । काभे्रपलाञ्चोक जिल्लाको बनेपामा केन्द्रीय कार्यालय रहेको घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफ्नो फिल्ड सहायक स्तरीय कर्मचारीहरुको लागि तालिम सञ्चालन गरेको छ ।   

रौतहट जिल्लाको चन्द्रपुरमा “ फिल्ड सहायक स्तरीय क्षमता अभिवृद्धि तालिम” सम्पन्न गरेको हो ।  संस्थाका जनशक्ति तथा कार्यसञ्चालन विभाग प्रमुख प्रदिप कुमार घिमिरे, घरेलु लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद अधिकारी, विभागिय प्रमुखहरु सोनाम शेर्पा, प्रदिप घिमिरे र अन्जना प्याकुरेलको सहभागिता रहेको थियो । 

यस संस्थाले स्थापनाको छोटो समयमा नै ११ जिल्लाहरुमा १३ शाखा कार्यालयहरु मार्फत २०७६ कात्र्तिक मसान्तसम्ममा ४ हजार भन्दा बढि घरपरिवारहरुमा सेवा विस्तार गर्दै १८ करोड भन्दा बढी लगानी गरेको छ ।


 

प्रतिक्रिया दिनुहोस