aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कामना सेवा विकास बैंक र महालक्ष्मी लाईफ इन्सुरेन्सबीच संझौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ बैशाख २०७६
कामना सेवा विकास बैंक र महालक्ष्मी लाईफ इन्सुरेन्सबीच संझौता

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबिच संस्थागत अभिकर्ता सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ८३ वटै शाखाहरुबाट सहज रुपमा महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासंगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा कामना सेवा बिकस बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले  हस्ताक्षर  गरेका थिए छ ।

प्रतिक्रिया दिनुहोस