aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 
विदेसिनेका कथा, व्यथा, आफ्नैले ठग्छन्
शनिबार, ३२ साउन २०७६

अनेक दुखसुख उनीहरु र आफन्तले सल्टाएका कैयौं उदाहरण छन् । तर अहिले त्यस्तो सम्बन्धमा दरार आएको छ । एकले अर्कोलाई बदनामीको दाग लगाउँदै अड्डाअदालत चहार्दै हिँडिरहेका छन् । ...

डाक्टरविहीन हुँदै सुदूरपश्चिमका अस्पताल
शनिबार, ३२ साउन २०७६

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरूलाई पदस्थापन गर्न थालेको छ । यहाँबाट ११ विशेषज्ञको पदस्थापन अन्य प्रदेशमा भएको छ । अन्यत्रबाट भने एक जना मात्रै पदस्थापन हुने सूची प्रकाशन भएको छ...

जथाभावी निर्माण गरिएका ग्रामीण सडकले कर्णाली राजमार्ग अस्तव्यस्त
शनिबार, ३२ साउन २०७६

सामान्य वर्षा हुनेबित्तिकै पहिरो जान थालेको स्थानीय बताउँछन् । जुम्लाबाट सुर्खेत झरेका शेरबहादुर बोहोराले भने, ‘ग्रामीण सडकले गर्दा राजमार्ग धरापजस्तै भएको छ । ...

समयमा सडक पिच हुन नसक्दा स्थानीयसँगै यात्रु आक्रान्त
शनिबार, ३२ साउन २०७६

ठेकेदार र काठमाडौं उपत्यका सडक विस्तार आयोजनाको ढिलासुस्तीका कारण काम अलपत्र परेको हो। चेकपोस्ट चोकमा फुटपाथको काम नसक्दा सर्वसाधारण खाल्डोमा पर्ने उच्च जोखिम छ । ...

सर्वोच्चको समयमा एक महिनादेखि किन क्रम भंग ?
शनिबार, ३२ साउन २०७६

समय अभाव देखाएर इजलासको सामान्य आदेश पनि एकदुई दिनपछि मात्र आउन थालेको छ। असार मसान्तअघि कर्मचारीहरू नौ बजे कार्यालय आएर मुद्दासम्बन्धी सामग्री जुटाउँथे। ढिलोमा पनि ११ बजे सर्वोच्चमा इजलास लाग्थ्यो।

मसानघाटमा बस्नेलाई दुई कोठे घर र रोजगारी
शनिबार, ३२ साउन २०७६

मसानघाटमा मलामी बस्न बनाइएको छाप्रोमा बस्दै आएका दलित परिवारका लािग हेटौंडा उपमहानगरपालिकाले दुई कोठे घर निर्माण गरी परिवारका एकजनालाई रोजगारी दिने भएको हो । ...

कान्जी हाउसको क्षमताभन्दा १० गुणा बढी गाईवस्तु
शनिबार, ३२ साउन २०७६

भारतबाट उल्लेख्य मात्रामा भित्रिएका यस्ता गाईगोरु तथा बाच्छाबाच्छीको व्यवस्थापन गर्न उपमहानगरपालिकालाई हम्मेहम्मे परिरहेको छ । छाडा गाईबस्तु व्यवस्थापन गर्नु उपमहानगरका लागि चुनौतीको विषय बनेको छ । ...

१०३ वर्षसम्म पनि काममा जाँगर महिनामा ३ हजार कमाइ
शनिबार, ३२ साउन २०७६

१०३ वर्षीया कुमारी सुनुवारको जाँगर तन्नेरीको भन्दा कम छैन । कमलामाई नगरपालिका १० जहानटोलकी सुनुवारले मासिक तीन हजार कमाउँछिन् । उनको काम घरमै बसेर दाम्लो बाट्ने हो । ...

निजामतिमा पनि उमेरहद आयो, अब उमेरहदसम्बन्धी नयाँ व्यबस्था
शनिबार, ३२ साउन २०७६

मुलुकको प्रशासन हाक्नेगरी बनाउन लागिएको संघीय निजामती सेवा ऐनमा कर्मचारीको उमेर हदसम्बन्धी नयाँ व्यवस्था गर्न लागिएको हो । हाल निजामती कर्मचारीको उमेर हद ५८ वर्ष रहेको छ । ...

२८ बैंकको नाफ ६५ अर्ब ३९ करोड
शनिबार, ३२ साउन २०७६

२०७४/७५ मा बैंकहरुले साढे ५२ अर्ब रुपैयाँ नाफा कमाएका थिए । २०७४/७५ को तुलनामा तीन बैंकको नाफा घटेको छ भने बाँकी २५ बैंकले नाफा बढाएका छन् । ...

संसदीय समितिका सभापतिहरू छानबिनकै गाडीमा सरर
शुक्रबार, ३१ साउन २०७६

समिति संयोजक बिडारीले नै छानबिनमा परेको गाडी प्रयोग गरिरहेका छन् । ‘गाडी जिल्लाबाहिर पनि गएका छन्, कसरी रोक्नु रु’ सभापति बिडारीले भने, ‘मेकानिकको सहायतामा गाडीका सामान सक्कली हुन् कि नक्कली, छानबिन गरेपछि...

सवा सात अर्ब घट्यो  नेपाल टेलिकमको नाफा
शुक्रबार, ३१ साउन २०७६

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा कम्पनीको नाफामा ४८.६१ प्रतिशतले गिरावट आएको हो । टेलिकमले बिहीबार प्रकाशित गरेको वार्षिक वित्तीय प्रतिवेदनअनुसार अघिल्लो आर्थिक बर्षको तुलनामा गत वर्षको नाफा सवा ७ अर्ब...

दशैंमा विद्युतीय बसमा गुड्न नपाइने
शुक्रबार, ३१ साउन २०७६

केही बस जीटूजीमार्फत र केही सार्वजनिक खरिद ऐनअनुसार प्रतिस्पर्धात्मक बोलकबोलमार्फत खरिद गर्ने साझाको तयारी थियो। मुख्य सचिवको यो रायसँगै जीटूजीमा पाँचवटा विद्युतीय बस खरिद गर्ने साझाको तयारीमा पूर्णविराम लागेको छ...

स्वास्थ्य सेवा विभागमा तीन करोड ४४ लाखको फर्जी बिल
शुक्रबार, ३१ साउन २०७६

विभागका व्यवस्थापन महाशाखाका निर्देशक रमेशप्रसाद अधिकारी, शाखा प्रमुख डा। सुरेन्द्रप्रसाद चौरासियालगायतको संलग्नतामा ३ करोड ४४ लाख ३२ हजार १५० रुपैयाँको नक्कली बिल बनाएको कागजात राजधानी दैनिकले फेला पारेको छ ।

मन्दिरको ५ बिघा जग्गा व्यक्तिका नाममा
शुक्रबार, ३१ साउन २०७६

जनकपुरधाम उपमहानगरपालिका - १९ र साबिकको बेंगासिहपुर–७ (क) स्थित कित्ता नम्बर ४८८ को ५ बिघा १० कठ्ठा र किता नम्बर ४८९ को १७ धुर व्यक्तिका नाममा नामसारी भएको छ । ...

बैंकलाई ब्रोकर लाइसेन्स दिन दुई महिना लाग्ने
शुक्रबार, ३१ साउन २०७६

नेपाल राष्ट्र बैकले १९ वटा वाणिज्य बैंकलाई सहायक कम्पनी खोलेर ब्रोकर सेवा प्रदान गर्न दिइसकेको अनुमति दुई महिनाको लागि सरेको हो । उपसमितिलाई अध्ययन गर्न दुई महिनाको समय दिइएको छ...

राष्ट्रिय परिचयपत्र वितरण गरेको आठ महिनापछि विधेयक पारित
शुक्रबार, ३१ साउन २०७६

गत मङ्सिरबाटै परिचयपत्र वितरण सुरु गरे पनि कानुन भने भर्खरै प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको हो । समितिको प्रतिवेदन अब प्रतिनिधि सभामा पेस हुनेछ । ...

महिना नपुग्दै भत्कियो धनगढी चक्रपथ
शुक्रबार, ३१ साउन २०७६

निर्माणाधीन चक्रपथको धनगढी उपमहानगरपालिका–३ मा सम्पन्न भएको ८ दशमलब ९ किलोमिटर खण्ड एक महिना नपुग्दै भत्किएको हो । ४२ किलोमिटरको चक्रपथ सघन सहरी विकास कार्यक्रमअन्तर्गत निर्माण भइरहेको छ । ...

इन्चार्जलाई मासिक ८० हजार घूस खुवाएर प्रहरी–जनप्रतिनिधिकै मिलेमतोमा चुरे दोहन
शुक्रबार, ३१ साउन २०७६

प्रतिबन्धको समयमा समेत मेचीनगर १ मा पर्ने नेपाल–भारत सीमाको मेची नदीबाट ढुंगा, गिट्टी र बालुवाको उत्खनन तीव्र भइरहेको पाइएको हो । सरकारले असार, साउन र भदौ तीन महिना नदीजन्य सामग्रीको...

नेपाल आइकाओको औसत मापदण्डभन्दा माथि
शुक्रबार, ३१ साउन २०७६

हवाई सुरक्षा प्रतिवेदन–२०१९ अनुसार आइकाओका विभिन्न आठओटा मापदण्डमा नेपालको औसत अवस्था ६६ दशमलव ७६ प्रतिशत रहेको छ । आइकाओको ग्लोबल एभिएशन सेफ्टी प्लान (जीएएसपी) मा औसत मापदण्ड ६० प्रतिशत छ ।