वन्यजन्तुले पनि कसुर गर्दा कैद सजाय भोग्नुपरेको भन्ने सुन्दा अनौठो लाग्ला तर यो सत्य हो। बर्दियामा बस्तीमा पसेर मान्छे मार्ने बाघ यतिखेर निकुञ्जको कैद अर्थात् रेस्क्यु सेन्टरमा छ। ...
तराईलाई संघीय राजधानीसँग जोड्ने बहुप्रतीक्षित काठमाडौं-तराई द्रुतमार्ग निर्माण सुरु भएको दुई वर्षको अवधिमा करिब ८ प्रतिशत मात्र काम सकिएको छ। ...
हुण्डी, ढुकुटीलगायत क्षेत्रको तथ्यांक कसरी संकलन गर्ने भन्नेबारे स्पष्ट दिशानिर्देश हुन नसक्दा छाया बैंकिङको अनुसन्धान पूरा नभएको राष्ट्र बैंकका एक सञ्चालकले बताए । ...
प्रधाधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले पदभार गरेकै दिन भ्रष्टाचार मुद्दामा शून्य सहनशीलता अपनाउने गरेको प्रतिबद्धता कागजमा मात्र सीमित हुन पुगेको छ । ...
साढे पाँच लाखमा बच्चाको ब्यपार, ललितपुरको बुङमतीस्थित विनायक कोलनी नजिकै सालनालसहितको एकदिने शिशु भेटिएपछि प्रहरीले उद्धार गरी उपचारका निम्ति पाटन अस्पताल पुयाएको थियो। डंगोलले यही शिशुको कुरा गर्दै दम्पतीलाई भनेका...
सरकारले चालु आर्थिक वर्षमा ४२ मेगावाटको माथिल्लो मोदी जलविद्युत् आयोजनाको बोलपत्र लगायत सम्पूर्ण काम सकेर आगामी आर्थिक वर्षदेखि निर्माण थाल्ने भएको छ। विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र वातावरणीय प्रभाव मूल्याङ्कन...
आयात बढ्दै गएपछि सो अनुपातमा निर्यात बढ्न नसक्दा मुलुकमा व्यापारघाटा चुलिँदै गएपछि निर्यातयोग्य वस्तुको पहिचान गरिएको हो ...
सरकारले हदभन्दा बढी जग्गा ओगटने व्यवसायी लाभान्वित हुने गरी कानुन ल्याउन लागेको छ । ...
भारतीय सुरक्षा निकायले सीमा क्षेत्रमा नेपाललाई पुल बनाउन अवरोध गरेको छ। सबै प्रक्रिया पूरा गरी सीमा क्षेत्रमा निर्माण गर्न लागेको पुल भारतीय पक्षको अवरोधका कारण अलपत्र छ। ...
७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई आन्तरिक उडानको हवाई भाडामा ५० प्रतिशत छुट दिने गरी सरोकारवालासँग छलफल गरी कार्यान्वयनमा ल्याउने मन्त्रालयले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा सञ्चालनमा ल्याउने,...
सरकारले उत्कृष्ट व्यावसायिक सोच भएका, आविष्कारकर्ता र उद्यशीलता भएका व्यक्तिका लागि ऋण या अनुदानका रूपमा बीउ पुँजी प्रदान गर्न छुट्टै कोष सञ्चालन गर्ने भएको छ। ...
सरकारले आगामी तीन वर्षभित्र प्रत्येक घरमा बिजुली पुऱ्याउने महत्त्वाकांक्षी योजना अघि सारेको छ। नेपाल विद्युत् प्राधिकरणले सरकारको मार्गनिर्देशनअनुसार प्रत्येक घरधुरीमा विद्यतको पहुँच पुऱ्याउने योजना अघि सारेको हो। ...
कपन संयुक्त यातायातले नेपाल-भारत मैत्री बस सेवा क्रस बोर्डर मार्ग काठमाडौँ-सिलिगुडी सेवा सुरु गरेको छ। ...
विश्लेषकले अझै एक वर्ष सेयर बजारको ओरालो गति नरोकिने बताएका छन्। यसले गर्दा सेयर लगानीकर्ता हतोत्साही हुन थालेको सेयर दलालको संस्था स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष अन्जनराज पौड्याल बताउँछन्। ...
आज बाट १४ औँ संस्करणका रूपमा नाडा अटो सो सुरु हुँदै छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हुने सोमा यस क्षेका १ सय ६० वटा स्टल राखिएको छ ।
सर्वोच्च अदालतको फैसलाले करिब १८ अर्ब ३३ करोड कर घट्ने अनुमान रहेको छ ।पाँच न्यायाधीशको बृहत् पूर्ण इजलासले गरेको फैसलाको निर्णय सोमबार सुनाउँदै सर्वोच्चले ठूला करदाता कार्यालयले यसअघि गरेको कर...
जिल्लाका १० स्थानीय तहले १२ करोड ३२ लाख १२ हजार रुपैयाँ बजेट फिर्ता गएको हो। ससर्त, समपूरक र विशेष अनुदान अन्तर्गतको बजेट खर्च गर्ने क्रममा बाँकी रहेको खण्डमा आर्थिक वर्ष...
काठमाडौंमा हालै सम्पन्न अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) का एशिया तथा प्रशान्त क्षेत्रका हवाई महानिर्देशकहरुको ५६ औं सम्मेलनका क्रममा भएक छलफलमा सम्बन्धित मुलुकका अधिकारीहरुबीच यस्तो सहमति भएको हो। ...
हालसम्म ७८ प्रतिशत जनसंख्यामा मात्रै विद्युत्पहुँच पुगेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले सार्वजनिक गरेको विद्युतीकरण तथ्यांकमा ७५३ स्थानीय तहमध्ये २२२ वटा स्थानीय तहमा मात्रै ९० प्रतिशतभन्दा बढी विद्युतीकरण भएको जनाइएको छ।
संयुक्त राष्ट्रसंघले उत्तर कोरियाविरुद्ध लगाएको नाकाबन्दी कार्यान्वयन गर्न नेपाल अग्रसर देखिएको छ। यससँगै उत्तर कोरियाली नागरिक आफ्नो लगानीमा सञ्चालित कम्पनी बन्द गरी प्योङयाङ फर्किन थालेका छन्। ...